आइतबार, साउन १७, २०८३
आशापुरिमा झाँक्री नाच तथा सांस्कृतिक साँझ सम्पन्न

भक्तपुर । आज साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–८, पार्टी भञ्ज्याङ स्थित आशापुरी तामाङ सामुदायिक होमस्टेमा परिचयात्मक कार्यक्रम, सांस्कृतिक सामग्री हस्तान्तरण तथा तामाङ मौलिक झाँक्री नाचसहित भव्य सांस्कृतिक साँझ सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष पुष्पराज बस्नेत रहनुभएको थियो भने सभापतित्व आशापुरी तामाङ सामुदायिक होमस्टेका अध्यक्ष अजय तामाङले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू, होमस्टे सम्बन्धित विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

विशेष अतिथिका रूपमा होमस्टे एशोसिएसनका पूर्व अध्यक्ष केशव वडाल, होमस्टे महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष सुरज वास्तोला, चुडामणि पौडेल, रैथाने पाक प्रशिक्षकहरू सेफ मोहन गजुरेल, विजयराज सुवेदी, नकुल धिताल, मनिषा श्रेष्ठ,नारायण तामाङ सञ्चारकर्मी, होमस्टे सञ्चालक तथा पर्यटनकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण तामाङ झाँक्री नाच तथा विविध सांस्कृतिक प्रस्तुति रहे, जसले स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस्ता कार्यक्रमहरूले सामुदायिक होमस्टेको पहिचान सुदृढ गर्दै स्थानीय संस्कृति संरक्षण र पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो।

 

प्रकाशित: शनिबार, साउन १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय