मानव बेचबिखनविरुद्ध रूपन्देहीमा सचेतना कार्यक्रम, ४०० बढी सहभागी

रूपन्देही । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस–२०२६ को अवसरमा इलाका प्रहरी कार्यालय रुद्रपुर, रूपन्देहीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

हरैया बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा करिब ४०० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले मानव बेचबिखनका पछिल्ला प्रवृत्ति, अन्तर्राष्ट्रिय अभ्यास, अपराधीहरूले प्रयोग गर्ने विभिन्न तरिका तथा यसबाट सुरक्षित रहने उपायबारे जानकारी गराएका थिए।

उनले वैदेशिक रोजगारी, भिजिट भिसा, अध्ययन, विवाह तथा अनलाइन रोजगारीका नाममा हुने मानव बेचबिखन र ठगीका घटनाप्रति सचेत रहन आग्रह गर्दै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सहभागीहरूलाई अनुरोध गरे।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले मानव बेचबिखन नियन्त्रणका लागि प्रहरी मात्र नभई सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले सफलतापूर्वक कार्यक्रम आयोजना गरेकोमा इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङसहित आयोजक टोलीको प्रशंसा गरे।

प्रकाशित: शुक्रबार, साउन १५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय