काठमाडौँ । तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएकाे छ ।


