सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौँ । सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

आन्दोलन वा हुल दंगा बढ्न सक्ने जोखिम देखिएकाले कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा उल्लेख छ ।

गोलबजार नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु पूर्व-पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौकसम्म लागू गरिएको छ।

कर्फ्यु साउन १४ गते दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लागू रहने छ।

सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिएको छ । बिहीबार बिहानैदेखि जनकपुरमा पनि टायर बालेर प्रदर्शन भइरहेको छ ।

प्रकाशित: बिहिबार, साउन १४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय