काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले तीनै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्।
संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा निर्वाचन आयुक्तमा वाग्ले र डा. सुब्बाको नाम सिफारिस गरेको थियो।


