काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ८ केजी ६६६ ग्राम गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज बिहान थाइल्यान्डबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थलमा पक्राउ गरेको हो। उनीहरूको साथबाट च्यवनप्राश, कस्मेटिक सामग्री र चकलेटको बट्टाभित्र लुकाएर ल्याइएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गाँजाको अवैध बजार मूल्य करिब रु १ करोड ३० लाख रहेको प्रारम्भिक अनुमान गरिएको छ। पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


