काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्रबाट दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको प्रहरी टोलीले ३० वर्षभन्दा कम उमेरकी निशा सुनारलाई कोठाभित्र मृत अवस्थामा फेला पारेको हो।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाएको जनाएको छ।
घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। हालसम्म यस घटनामा कसैलाई पनि पक्राउ नगरिएको प्रहरीको भनाइ छ।


