काठमाडौँ । स्थानीय सुनचाँदी बजारमा आज मूल्य घट्दा उपभोक्ताले केही राहत पाएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८२ हजार १०० कायम भएको छ, जुन बिहीबारको तुलनामा रु ३,१०० कम हो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु १२५ ले घटेर रु ४ हजार २०० कायम भएको छ।
अघिल्लो कारोबार दिन सुन रु २ लाख ८५ हजार २०० र चाँदी रु ४ हजार ३२५ मा कारोबार भएको थियो।


