भेरी नदीमा एक पुरुषको शव फेला

काठमाडौँ । जाजरकोटका एक पुरुषको भेरी नदीमा शव भेटिएको छ ।

मृत भेटिनेमा जुनिचाँदे गाउँपालिका-१ बस्ने वर्ष ४५ का कर्ण बहादुर रावत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुुसार, रावतको शव गुर्भाकोट नगरपालिका—११ बर्माघाटस्थित भेरी नदी किनारमा भेटिएको थियो ।

सोमबार बेलुका स्थानीयले टेलिफोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी मेहलकुना, सुर्खेतबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमान्डमा ४ जनाको प्रहरी टोली घटनास्थल खटिएको थियो । शव पोस्टमार्टमका लागि मेहलकुना अस्पतालको शवगृहमा राखिएको थियो । मंगलबार उनका छोरा गणेश रावतले बुबाको सनाखत गरी शव बुझेका छन् ।

कर्ण बहादुर असार २५ गते आफ्नै घरबाट बाख्रा चराउन गएका थिए र त्यही बेला भीरबाट लडी खोलामा परेका थिए भने खोलाले बगाएर बेपत्ता गराएको थियो ।

प्रकाशित: मंगलबार, आषाढ ३०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय