काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न तीनदिने औपचारिक भ्रमणका लागि मंगलबार कतार प्रस्थान गरेका छन्।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारीको उपस्थिति थियो।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार ३१ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
उपराष्ट्रपतिसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको टोली पनि रहेको छ। उहाँ असार ३२ गते स्वदेश फर्कने कार्यक्रम छ।


