विशेष अदालतको आदेशपछि विष्णु पौडेल थप पाँच दिन अनुसन्धानको दायरामा

काठमाडौँ । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बुधबार बसेको न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थपको आदेश जारी गरेको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि पौडेललाई विशेष अदालतमा उपस्थित गराउँदै म्याद थपको अनुरोध गरेको थियो।

प्रकाशित: बुधबार, आषाढ २४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय