पेप्सीकोलाको गोदाममा आगलागी, १ करोड ७२ लाख रुपैयाँभन्दा बढीको क्षति

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित एक गोदाममा आगलागी हुँदा करिब १ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार पेप्सीकोलाको सूर्यमुखी चोकमा रहेको माँ ट्रेडर्स र तलेजु भवानी ट्रेड कन्सर्न प्रालिको गोदाममा आगलागी भएको हो।

आगलागीबाट गोदाममा रहेका विभिन्न सामान जलेर नष्ट हुँदा करिब १ करोड ७२ लाख ८१ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: सोमबार, आषाढ १५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय