रास्वपा महाधिवेशन: मतदान सुरु हुन अझै २–३ घण्टा लाग्ने, ३७० जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान प्रक्रिया अझै २ देखि ३ घण्टापछि मात्रै सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली तयार पार्ने तथा अन्य प्राविधिक प्रक्रिया पूरा गर्न समय लाग्ने जनाएको हो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको नामावली टुंग्याउने, दाबी–विरोधको प्रक्रिया सम्पन्न गर्ने तथा विद्युतीय मतदान उपकरणमा उम्मेदवारको विवरण प्रविष्ट गर्ने काम बाँकी रहेकाले मतदान तत्काल सुरु हुन नसक्ने बताए।

उनका अनुसार हालसम्म करिब ३७० जनाको उम्मेदवारी दर्ता भएको छ। केही उम्मेदवारले एकभन्दा बढी पदमा उम्मेदवारी दिएका कारण अन्तिम सङ्ख्या भने घट्न सक्ने उनले बताए।

महाधिवेशन प्रतिनिधिहरूका समस्या समाधान गर्न तीन वटा हेल्प डेस्क सञ्चालनमा ल्याइएको पनि उनले जानकारी दिए। खाना खाने हलको पछाडिपट्टि डेस्क स्थापना गरी प्रतिनिधिहरूको गुनासो तथा प्राविधिक समस्या समाधान गर्ने व्यवस्था गरिएको उनले बताए। प्रदेश सभापति र महामन्त्रीमार्फत पनि समस्या समाधानको काम भइरहेको उनको भनाइ छ।

प्रकाशित: बुधबार, आषाढ १०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय