काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोलमा बसोबास गर्दै आएका ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेका छन्। चट्याङ लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार भोजपुरको आमचोक–९ स्थायी घर भएका श्रेष्ठ स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए। आज बिहान खेतमा आली खन्ने क्रममा उनीमाथि चट्याङ परेको र घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।


