काठमाडौं । नेकपा (एमाले)ले आज संसदीय दल र केन्द्रीय सचिवालयका बैठक बोलाएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको भोलिपल्ट एमालेले दुवै बैठक एकै दिनका लागि आह्वान गरेको हो।
एमाले संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। त्यसपछि साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा केन्द्रीय सचिवालय बैठक आयोजना गरिएको छ।
बैठकहरूमा समसामयिक राजनीतिक घटनाक्रम, उपाध्यक्ष पौडेलको गिरफ्तारी र पार्टीको आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।


