सिन्धुली हिरासतमा श्रीकृष्ण विश्वकर्माको मृत्यु प्रकरण : प्रहरी कुटपिट नभएको गृहमन्त्रीको दाबी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधनबारे छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै उक्त घटनामा प्रहरी कुटपिट नभएको बताएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले प्रतिवेदनमा हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको उल्लेख रहेको बताए। उनले नेपाल प्रहरीभित्र दलित सेल कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए।

गृहमन्त्रीका अनुसार प्रतिवेदनले विश्वकर्मामाथि कुटपिट भएको पुष्टि नगरेको र यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ। नयाँ तथ्य आएमा थप जानकारी गराइने उनले प्रतिबद्धता व्यक्त गरे।

बैठकमा सांसद सुनारले जातीय विभेद, अन्तरजातीय विवाहका कारण हुने घटना तथा हिरासतको अवस्थाबारे प्रश्न उठाएका थिए। साथै उनले हिरासतमा सम्भावित मृत्युको परिस्थितिबारे पनि जिज्ञासा राखेका थिए।

प्रकाशित: शुक्रबार, आषाढ ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय