सरकारद्वारा १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको पीपीए खुला

काठमाडौँ । सरकारले साना तथा मझौला आयोजनालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार साना तथा मझौला आयोजनाको विकास, प्रवर्द्धन तथा लगानी विस्तारलाई सहज बनाउन यो निर्णय गरिएको हो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पनि साना तथा मध्यम स्तरका आयोजनालाई विशेष रूपमा अघि बढाउन यस्तो व्यवस्था गरिएको बताएका छन्।

नेपालको जलविद्युत् विकास इतिहास साना आयोजनाबाट सुरु भई हाल ठूला जलाशययुक्त परियोजनासम्म विस्तार भएको छ।

प्रकाशित: शुक्रबार, आषाढ ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय