कक्षा १२ मा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष कुल ६४.१३ प्रतिशत परीक्षार्थी सबै विषयमा ग्रेड प्राप्त गर्दै ग्रेडेड भएका छन्।

नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७९ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

प्रकाशित: शुक्रबार, आषाढ ०५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय