बुधबार, कार्तिक १२, २०८३
देशप्रतिको प्रेमले मन्त्री बनायो : महावीर पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशप्रतिको प्रेम र समर्पणकै कारण आफू सांसद तथा मन्त्रीको जिम्मेवारीमा पुगेको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले पुरानो नेपाली गीत ‘पिरतीले जोगी बनायो’ लाई उद्धृत गर्दै आफ्नो राजनीतिक यात्राबारे टिप्पणी गरेका हुन्।

उनले आफू मूलतः सांसद वा मन्त्री बन्ने उद्देश्य बोकेको व्यक्ति नभएको उल्लेख गर्दै देशप्रतिको लगावले नै यो स्थानसम्म ल्याएको बताए।

“एउटा पुरानो गीत छ—‘पिरतीले जोगी बनायो’। म पनि सांसद वा मन्त्री बन्ने मान्छे त होइन, तर देशसँगको पिरतीले मलाई सांसद र मन्त्री बनायो,” उनले भने।

मन्त्री पुनका अनुसार उनको देशप्रतिको प्रेम एकैपटक विकसित भएको नभई गाउँबाट सुरु हुँदै क्रमशः जिल्ला र देशव्यापी भावनामा विस्तार भएको हो। अमेरिका बसाइका क्रममा नेपाल भ्रमणका लागि आउँदा गाउँसँग जोडिएको आत्मीयताले पछि देशप्रतिको गहिरो माया र जिम्मेवारीको भावना जन्माएको उनले बताए।

“मेरो पिरती अन्ततः देशसँग बसेको हो। तर त्यो एकैचोटि देशसँग बसेको होइन। अमेरिका बाट घुम्न आउँदा गाउँसँग पिरती बस्यो, त्यसपछि जिल्ला हुँदै विस्तारै देशसँग पिरती बस्यो,” उनले भने।

प्रकाशित: बिहिबार, आषाढ ०४, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय