काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बजेट छलफलका क्रममा रक्षा मन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन शाह सदनमा नआएपनि मन्त्रालयगत छलफलमा रक्षा मन्त्री आउनुपर्ने बताए।
‘रक्षा मन्त्रालयको बजेट छलफलमा रक्षा मन्त्रीलाई बोलाइयोस्’, साम्पाङले भने, ‘र त्यो भन्दा पनि ठुलो रक्षा मन्त्रालय अन्त्रगतको बजेट बुक हामीलाई अझै किन दिइएन ? यसको उत्तर चाहन्छु ।’


