नेपाल नेत्र ज्योति संघ (Nepal Netra Jyoti Sangh) अस्पतालमा क्याम्पोङ चाम चेम्बर अफ कमर्सकी उपाध्यक्ष श्रीमती लेङ बोप्पा तथा सोही चेम्बरका सदस्य श्री किभ सोफान्नितले औपचारिक भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनीहरूलाई अस्पताल व्यवस्थापन टोली तथा नेत्र विशेषज्ञ (अप्टोमेट्रिस्ट)हरूले स्वागत गरेका थिए। भ्रमणको क्रममा दुवै पक्षबीच अस्पतालले प्रदान गर्दै आएको आँखा उपचार सेवा, दृष्टि परीक्षण, मोतियाबिन्दु उपचार तथा अन्य नेत्र सम्बन्धी सेवाहरूका बारेमा विस्तृत जानकारी आदान–प्रदान गरिएको थियो। अस्पतालको सेवा प्रवाह, प्राविधिक क्षमता तथा बिरामी सेवा प्रणालीबारे समेत छलफल गरिएको बताइएको छ। त्यसैगरी, स्वास्थ्य क्षेत्रभित्र सम्भावित व्यावसायिक सहकार्य, जनशक्ति आदान–प्रदान तथा भविष्यमा संयुक्त पहलमार्फत आँखा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विषयमा पनि विचार–विमर्श भएको छ।
प्रतिनिधिहरूले नेपालमा भइरहेको नेत्र स्वास्थ्य सेवाको प्रगति प्रशंसा गर्दै आगामी दिनमा सहकार्यको सम्भावना खुला रहेको धारणा व्यक्त गरेका थिए।


