काठमाडौँ । कञ्चनपुरमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–५ का ५९ वर्षीय सुका डौडे रहेका छन्। प्रहरीका अनुसार बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै उजुरी परेपछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


