काठमाडौं । फिफा विश्वकपको समूह ‘आइ’ अन्तर्गत मंगलबार मध्यराति फ्रान्स र सेनेगल आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार राति १२ः४५ बजे हुने खेलले २४ वर्षअघिको ऐतिहासिक भिडन्तको सम्झना दिलाएको छ, जहाँ सेनेगलले विश्वकपको उद्घाटन खेलमै तत्कालीन च्याम्पियन फ्रान्सलाई १–० ले पराजित गरेको थियो।
उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्स प्रशिक्षक डिडियर डेस्च्याम्पलाई सफल विदाइ दिन चाहन्छ। विश्वकपपछि पद छाड्ने तयारीमा रहेका डेस्च्याम्पले दोस्रो पटक प्रशिक्षकका रूपमा विश्वकप जित्ने अवसर पाएका छन्। कप्तान किलियन एमबाप्पेको नेतृत्वमा रहेको फ्रान्स लगातार आठौं विश्वकप खेल्दैछ।
यता, अफ्रिकी च्याम्पियन सेनेगल पनि उत्कृष्ट लयमा छ। साडियो मानेसहितको टोलीले छनोट चरणमा कुनै खेल नहार्दै विश्वकपमा स्थान बनाएको थियो। प्रशिक्षक पेप थियाहको नेतृत्वमा रहेको टोली फ्रान्सविरुद्ध अर्को ऐतिहासिक नतिजाको खोजीमा हुनेछ।


