रास्वपा बागमतीको नेतृत्व चयन हुँदै, लामिछाने र अर्यालबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको मतदानमा प्रदेशभरबाट आएका प्रतिनिधिहरूले मत हालिरहेका छन्।

प्रदेश सभापति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारहरूमा डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री रहेका छन्। नेताहरूले लामिछाने र अर्यालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन्।

पार्टीका अनुसार झण्डै १,३०० प्रतिनिधि मतदानमा सहभागी हुनेछन् भने विवादित प्रतिनिधिमध्ये २१० जनालाई मतदानको अनुमति दिइएको छ।

प्रकाशित: शनिबार, जेठ ३०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय