विचौलिया अन्त्यमा सरकारको प्रयास सकारात्मक : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार विचौलियाको अन्त्य गर्न प्रतिबद्ध रहेको भन्दै त्यसप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

अवधि पत्रकार सङ्घ केन्द्रीय समितिले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा जनताको पहुँच अझै सहज हुन नसकेको भन्दै त्यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष यादवले देशमा गरिबी र बेरोजगारी चरम अवस्थामा पुगेको उल्लेख गर्दै ‘जेनजी’ पुस्ताले उठाएका परिवर्तनका मुद्दामा पुराना राजनीतिक दलहरूले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए।

प्रकाशित: मंगलबार, जेठ २६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय