प्रतिनिधिसभामा अर्थमन्त्री वाग्लेको राजीनामा माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरिएको छ।

मंगलबार बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूलाई धारणा राख्न समय दिएका थिए।

सो क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आर्थिक विधेयकमा भएको हेरफेरको विषयलाई लिएर अर्थमन्त्री वाग्लेको राजीनामा माग गरिन्।

उनले संसद्मा टेबुल भइसकेको आर्थिक विधेयकमा चलखेल भएको तथा करका दरमा परिवर्तन गरिएको आरोप लगाउँदै उक्त विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताइन्।

सांसद ओलीले छानबिन प्रक्रियालाई प्रभावमुक्त बनाउन अर्थमन्त्री वाग्लेले पदबाट अलग हुनुपर्ने धारणा राख्दै जिम्मेवारीबाट पर रहन आग्रह गरिन्।

प्रकाशित: मंगलबार, जेठ २६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय