काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
सभामुख डीपी अर्यालले बैठक प्रारम्भ गरेपछि विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका थिए। त्यसक्रममा सभामुखले एमाले सांसद क्षितिज थेबेलाई बोल्न समय दिएका थिए।
सांसद थेबेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संसदमा दिएको अभिव्यक्तिबारे स्पष्ट जवाफ नदिएसम्म संसद् अवरोध जारी रहने बताए।
प्रधानमन्त्री शाहले संसदमा सम्बोधनका क्रममा भूमिकासम्बन्धी दिएको अभिव्यक्ति विवादमा परेको भन्दै विपक्षी दलहरूले त्यसबारे प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने अडान लिएका छन्। उनीहरूले जवाफ नआएसम्म संसद् सञ्चालन हुन नदिने चेतावनी दिएका छन्।


