सोमबार, साउन १८, २०८३
यु–१९ महिला क्रिकेटमा मधेस र सुदूरपश्चिम विजयी

काठमाडौँ । यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली प्रदेशमाथि नौ विकेटको फराकिलो जित निकालेको छ। यससँगै मधेसले लगातार दोस्रो जित हात पारेको छ।

कर्णालीले निर्धारित ओभरमा चार विकेट गुमाएर १०३ रन बनाएको थियो। कप्तान तिर्सना विश्वकर्मा अर्धशतकबाट एक रनले चुकेर ४९ रनमा अविजित रहिन्।

जवाफमा मधेसका ओपनर सना प्रविन र अलिशा यादवले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज जित दिलाए। सनाले अविजित ४४ तथा अलिशाले ४७ रन बनाइन्।

यसैबीच, सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ।

प्रकाशित: सोमबार, जेठ २५, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय