काठमाडौँ । जेनजी आन्दोलनका क्रममा हिरासतबाट फरार भएका एक थुनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–१ निवासी ४३ वर्षीय विराज सिंह लवट (खत्री) रहेका छन्। उनलाई प्रहरी वृत्त जनसेवाको टोलीले सुन्धारास्थित कारागार क्षेत्र नजिकबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा पक्राउ परेका लवट बालाजु प्रहरी वृत्तको हिरासतबाट फरार भएका थिए।
फरार भएपछि उनको खोजी कार्य जारी रहेकामा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।


