काठमाडौँसहित सात जिल्लाबाट लागुऔषध कारोबारमा संलग्न २३ जना नियन्त्रणमा

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित प्रहरी गस्तीका क्रममा २३ जना लागुऔषधसहित पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सबैभन्दा धेरै काठमाडौँबाट ११ जना पक्राउ परेका छन् भने झापाबाट छ र चितवनबाट दुई जना नियन्त्रणमा लिइएका छन्।

त्यस्तै सिरहा, उदयपुर, दाङ र कैलालीबाट एक–एक जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट विभिन्न प्रकारका लागूऔषध र नियन्त्रित औषधिजन्य पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: शनिबार, जेठ २३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय