रास्वपा अधिवेशनअघि लामिछानेको सन्देश– धैर्य, त्याग र समर्पण आवश्यक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane ले पार्टीको जिल्ला अधिवेशनको अवसरमा सबै सदस्यलाई धैर्य, त्याग र समर्पणका साथ अघि बढ्न आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत उहाँले ‘म’ केन्द्रित सोच त्यागेर ‘हामी’ को भावनामा रुपान्तरण हुनुपर्ने बताउनुभयो।

उहाँका अनुसार अधिवेशन नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीमा लोकतान्त्रिक अभ्यास, विधि र स्वस्थ राजनीतिक संस्कार विकास गर्ने महत्वपूर्ण अवसर हो।

पार्टीलाई उन्नत, पारदर्शी र जनमैत्री राजनीतिक शक्तिका रूपमा स्थापित गर्न विचारसँगै व्यवहार र कार्यशैली पनि सुधार गर्नुपर्ने उहाँको भनाइ छ।

प्रकाशित: शनिबार, जेठ २३, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय