राजनारायण पाठक भ्रष्टाचार मुद्दा सर्वोच्चमा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो। तर, यसअघि सोही मुद्दामा न्यायाधीश ढुंगानाले सुनुवाइ गरिसकेकाले मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो।

पाठकविरुद्ध नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेको थियो। उक्त प्रकरणमा महाअभियोगको दबाबपछि उनले अख्तियार आयुक्त पदबाट राजीनामा दिएका थिए।

घुस लेनदेनसम्बन्धी अडियो–भिडियो सार्वजनिक भएपछि उनीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो। सो प्रकरणमा कुल १ करोड ६० लाख रुपैयाँ घुसको सहमति भएको दाबीसमेत गरिएको थियो।

विशेष अदालतले उनलाई भ्रष्टाचारको प्रयास ठहर गर्दै ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवाना तोकेको थियो। उक्त फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

प्रकाशित: बिहिबार, जेठ २१, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय