काठमाडाैं । एसियाली खेलकुदको पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले मलेसियाविरुद्ध शानदार शतक प्रहार गरेका छन्।
सिंगापुरमा जारी खेलमा भुर्तेलले मात्र ४४ बलमा शतक पूरा गरेका हुन्। उनले आफ्नो इनिङ्समा ७ छक्का र १० चौका प्रहार गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे।


