न्याय प्रणाली सुदृढीकरणका लागि बार–बेन्च सहकार्य आवश्यक : प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चबीचको सहकार्य आवश्यक रहेको बताएका छन्।

सर्वोच्च अदालत बार एसोसिएसनद्वारा आयोजित स्वागत तथा पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बिदाइ कार्यक्रममा बोल्दै उनले विधिको शासन, संविधान र मानव अधिकार संरक्षणमा बारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

उनले बार र बेन्चबीच सहकार्य र समन्वय बढ्दा न्याय सम्पादन अझ प्रभावकारी हुने धारणा राखे।

पूर्वप्रधानन्यायाधीश राउतले पनि बार–बेन्चबीच सुमधुर सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै सर्वोच्च अदालतमा बढ्दो मुद्दा संख्या घटाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित: बुधबार, जेठ २०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय