एमाले पुनर्संरचना र डिजिटल रूपान्तरण आवश्यक : सुरेन्द्र पाण्डे

काठमाडाैं । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ले पार्टीको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको बताउँदै व्यापक पुनर्संरचना र डिजिटल रूपान्तरणको आवश्यकता औंल्याएका छन्।

रुपन्देहीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हालको खस्किँदो चुनावी नतिजाले नेतृत्व र संगठन दुवै तहमा गम्भीर आत्मसमीक्षाको आवश्यकता देखाएको बताए।

पाण्डेले विगतमा बलियो संसदीय उपस्थितिमा रहेको एमाले अहिले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पार्टीलाई पुनर्जीवित गर्न नयाँ सोच, कार्यशैली र संगठनात्मक सुधार आवश्यक रहेको धारणा राखे।

उनका अनुसार कतिपय निर्वाचन क्षेत्रमा पार्टी सदस्य संख्या भन्दा कम मत प्राप्त हुनु संगठनात्मक कमजोरीको संकेत हो, जसले सदस्यता वितरणदेखि वडा तहसम्मको संरचनामा पुनरवलोकन गर्नुपर्ने आवश्यकता देखाएको छ।

उनले अबको युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिको भएकाले एमालेले परम्परागत ‘फिजिकल’ संरचनाबाट डिजिटल प्रणालीतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड दिए। पुरानो शैलीका गतिविधिले मात्र राजनीतिक प्रतिस्पर्धामा सफलता सम्भव नहुने उनको भनाइ थियो।

प्रकाशित: बुधबार, जेठ २०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय