आज भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट

काठमाडाैं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। दुवै नेताबीच बिहान १०:३० बजे भेट हुने कार्यक्रम तय गरिएको छ।

यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन, भारतका विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

भाजपाको निमन्त्रणामा भारत पुगेका लामिछानेलाई नयाँ दिल्लीमा रेड कार्पेटसहित विशेष स्वागत गरिएको थियो। भ्रमणमा रास्वपाका अन्य नेताहरू पनि सहभागी छन्।

लामिछाने नेतृत्वको टोली यही जेठ २२ गते नेपाल फर्कने कार्यतालिका रहेको छ। प्रधानमन्त्री मोदीसँगको भेटलाई नेपाल–भारत राजनीतिक सम्बन्ध र दलगत कूटनीतिक संवादका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित: बुधबार, जेठ २०, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय