नेप्सेमा २२.२१ अंकको सुधार, कारोबार ५ अर्ब २६ करोड रुपैयाँभन्दा बढी

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उल्लेख्य सुधार देखिएको छ। नेप्से २२.२१ अंक अर्थात् ०.८० प्रतिशतले बढेर २७७७.५८ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन झण्डै २८ अंकले घटेको बजार आज पुनः हरियाली बनेको हो।

आज कुल ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। दिनभर ३४६ कम्पनीका करिब १ करोड १३ लाख कित्ता सेयर खरिद–बिक्री भएका छन्।

कारोबार भएका कम्पनीमध्ये १८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

कम्पनीगत प्रदर्शनतर्फ कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी १४.९८ प्रतिशत प्रतिफल प्राप्त गरेका छन्। त्यसैगरी सेन्ट्रल फाइनान्सको सेयर मूल्य १३.६७ प्रतिशत र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १०.५७ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित: मंगलबार, जेठ १९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय