रवि लामिछाने र भाजपाका अध्यक्ष नितिन नवीनबीच भेट, पार्टीगत सम्बन्ध विस्तारमा छलफल

काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा)का नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ।

भाजपाले सञ्चालन गरिरहेको ‘भाजपालाई जान्नुहोस्’ अभियानअन्तर्गत भएको उक्त भेटको मुख्य उद्देश्य रास्वपा तथा भाजपाबीच पार्टीस्तरीय सम्बन्धको प्रारम्भ गर्नुका साथै सीमापार राजनीतिक समझदारीलाई थप सुदृढ बनाउनु रहेको बताइएको छ।

भेटका क्रममा दुवै नेताले दलीय संगठन सञ्चालन, लोकतान्त्रिक अभ्यास तथा जनताकेन्द्रित राजनीतिक पहुँचलगायत विषयमा विस्तृत विचार आदानप्रदान गरेका थिए। भारतीय जनता पार्टीले नेपाली प्रतिनिधिमण्डललाई मुख्यालयमा स्वागत गर्दै यस भ्रमणले दुई पार्टीबीच रचनात्मक संवाद र सहकार्यको आधार तयार गर्ने विश्वास व्यक्त गरेको जनाएको छ।

प्रकाशित: मंगलबार, जेठ १९, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय