कारागारबाट फरार थुनुवा ठमेलबाट पक्राउ

काठमाडौँ । प्रहरीले कारागारबाट फरार भएका एक थुनुवालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त सोह्रखुट्टेको विशेष टोलीले गोरखाको सिरानचोक गाउँपालिका–१ निवासी २८ वर्षीय पदम गौतमलाई आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ गरेको हो।

लागुऔषध तथा डाँका–चोरी सम्बन्धी कसुरमा जेल चलान भएका गौतम गत भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका थिए। प्रहरीका अनुसार उनी जेनजी प्रदर्शनका क्रममा कारागारबाट भाग्न सफल भएका थिए।

पक्राउ परेका गौतमलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः सुन्धारा कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: सोमबार, जेठ १८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय