काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।
कम्पनीका अनुसार विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, अनुशासनको भावना विकास गर्ने तथा समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा वाईफाई नेपालका ब्रान्ड एम्बेसडर तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको विशेष उपस्थिति रहेको थियो। सार्वजनिक बिदाको दिन भए पनि आफ्ना प्रिय क्रिकेटरलाई भेट्न र उनको प्रेरणादायी सन्देश सुन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कम्पनीले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत शिक्षा, खेलकुद तथा युवा सशक्तीकरणका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ।


