दार्चुलाबाट जुम्ला जाँदै गरेको जिप दुर्घटनाग्रस्त, तीन घाइते

काठमाडौँ । अछाममा शुक्रबार भएको सवारी दुर्घटनाले दुई जनाको ज्यान गएको छ।

दार्चुलाबाट जुम्लातर्फ गइरहेको सल्लोक आश्रम जनकपुरको जिप पञ्चदेवल विनायक नगरपालिका–४ स्थित मध्यपहाडी लोकमार्गमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर घाइते भएका मकवानपुरका नवीन तुलाधर र बर्दियाका रामप्रकाश थारुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा चालकसहित अन्य तीन जना घाइते भएका छन् र उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रकाशित: शनिबार, जेठ १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय