तराई र पहाडी क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक फैलिएको न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ।

यसको प्रभावका कारण कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने अन्य प्रदेशका अधिकांश क्षेत्रमा आंशिकदेखि साधारण बदली देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

केही उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने विभागले जनाएको छ। साथै तराई र पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।

प्रकाशित: शनिबार, जेठ १६, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय