काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको “स्वर्णिम बजेट” ले पर्यटन तथा आतिथ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको भन्दै होटल व्यवसायी महासंघ नेपालले स्वागत गरेको छ।
महासंघले बजेटमार्फत पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन, लगानी विस्तार तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि ल्याइएका कार्यक्रमहरूले सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपिएको जनाएको छ।
महासंघका अध्यक्ष टी. आर. भण्डारी (शंकर) ले जारी गरेको विज्ञप्तिमा नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको पर्यटन तथा आतिथ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नु सकारात्मक र दूरदर्शी कदम भएको उल्लेख गरिएको छ।
महासंघले बजेटले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गरेको छ। साथै आगामी दिनहरूमा यस्ता नीतिगत तथा व्यवहारिक सहयोगले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।


