काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले पार्टी एकताका लागि सभापति गगन थापालाई लचकता अपनाउन सुझाव दिएका छन्।
सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा बोल्दै लेखकले गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले जस्तै राजनीतिक लचकता देखाउँदै पार्टी एकता मजबुत बनाउनुपर्ने बताएका हुन्। उनले देउवाको योगदानलाई पनि पार्टीले सम्मानपूर्वक स्मरण गर्नुपर्नेमा जोड दिए।
लेखकले कांग्रेस एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै नेतृत्वले बृहत्तर एकताका लागि लचिलो भूमिका खेल्नुपर्ने धारणा राखे। उनका अनुसार पार्टीमा विभाजन हुँदा राष्ट्रियता कमजोर हुने र लोकतान्त्रिक प्रक्रिया प्रभावित हुने इतिहासले देखाएको छ।


