काठमाडौँ । जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा परेको छ ।
गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिइएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन बिदा दिने व्यवस्था रहेको उल्लेख छ ।
त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसको बिदा पहिल्यै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेकाले लगातार चार दिन बिदा हुने भएको हो ।


