बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गतेदेखि

काठमाडौँ । बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही जेठ ११ गते आह्वान गरिएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अधिवेशन जेठ ११ गते दिउँसो १ बजे बस्नेगरी आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १८३ को उपधारा ९ बमोजिम अधिवेशन आह्वान गरिएको जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पनि सोही मितिमा अधिवेशन बोलाउने निर्णय गरेको थियो । आगामी अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमाथि छलफल केन्द्रित रहनेछ ।

प्रकाशित: शुक्रबार, जेठ ०८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय