अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । राष्ट्रिय सभाले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सर्वसम्मत रूपमा पारित गरेको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले विधेयक पारितका लागि प्रस्ताव पेश गरेका थिए । मन्त्री पौडेलले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने तय गरिएको छ ।

प्रकाशित: शुक्रबार, जेठ ०८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय