काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रनमै समेटियो ।


