संविधान संशोधनमा परिपक्व निर्णय लिन गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले निर्णय लिनुपर्ने बताएका छन् ।

सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनको विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएका हुन् ।

थापाले सुकुम्बासी व्यवस्थापनप्रति सरकार थप जिम्मेवार र गम्भीर हुनुपर्ने धारणा पनि राखे । साथै, गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनामा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित: शुक्रबार, जेठ ०८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय