दुई प्रदेशका सांसदहरूसँग छलफल गर्दै सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज कोसी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन् ।

काठमाडौँमा उपलब्ध कोसी र मधेस प्रदेशका सांसदहरूसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् । सांसदहरूबाट प्राप्त सल्लाह–सुझावका आधारमा पार्टी सभापति लामिछानेले सांसदहरूसँग छलफल गर्न लागेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

कोसी प्रदेशका सांसदसँग बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म र मधेस प्रदेशका सांसदसँग दिउँसो साढे १ देखि साढे ३ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुनेछ ।

प्रकाशित: शुक्रबार, जेठ ०८, २०८३

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय